Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज चितवनको सौराहामा हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विधान संशोधनको विषयलाई एजेन्डाबाट हटाउन निर्देशन दिए पनि त्यसलाई एन्फाले पूर्ण रुपमा भने स्वीकार नगर्ने देखिएको छ । विशेष साधारणसभाको अघिल्लो दिन हिजो साँझ बसेको एन्फा केन्द्रीय समितिको बैठकले परिषद्को सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको विधान मस्यौदा साधारणसभामा निर्णयका लागि प्रस्तुत गर्ने निर्णय गरेको छ ।

देश संघीय संरचनामा गएपछि त्यही अनुसार आफ्नो ऐन–नियमहरु बनाइरहेका कारण एन्फालाई तत्काल संरचनागत विषयमा कुनै निर्णय नगर्न राखेपले निर्देशन दिएको थियो । एन्फाले अहिले विधान वा नियमावलीहरु बनाउने वा संसोधन गरे पनि पछि त्यो काम नलाग्ने राखेपको भनाइ छ । एन्फाले प्रदेश तदर्थ समिति गठन, जिल्ला, क्लबको मताधिकारलगायतका विषय विशेष साधारणसभामा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

विशेष साधारणसभामा एन्फाका ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ९ बी डिभिजन क्लब, ५ सी डिभिजन क्लब र चार समितिबाट ३÷३ जना गरी कुल २३१ प्रतिनिधि सहभागी छन् । साधारणसभाको लागि एसियाली खेलकुद महासंघ (एएफसी) को प्रतिनिधिमण्डल पनि चितवन पुगेको छ ।

तपाईको प्रतिक्रिया