Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – नेपाली यु-२३ फुटबल टोलीले पहिलो खेलमा एसियाली महारथी जापानसँग १-० गोल अन्तरमा पराजित भएको छ । इन्डोनेसियामा जारी एसियाड अन्तर्गत पुरूष फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग झिनो गोल अन्तरमा पराजित भएको हो ।

सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको खेलमा जापानलाई जिताउन मिटोमा काउरुले सातौ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । नेपालले बलियो जापानविरुद्धको खेलमा एकपटक मात्र पोस्ट आक्रमण बुनेको थियो । जापानले भने नेपालको पोस्टमा दर्जन आक्रमण बुन्दा एक गोल गर्न सफल भएको हो ।

नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङको उत्कृष्ट प्रदर्शनले नेपालले सुधारिएको प्रदर्शन गरेको हो । यही समूह ‘डी’ मा भियतनामले पाकिस्तानलाई ३-० ले पराजित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया