Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – स्पेनका मिडफिल्डर डेविड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट खेल्ने ३२ वर्षे सिल्भाले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

सिल्भाले स्पेनको टिमबाट एकपटक विश्वकप तथा दुईपटक युरोकपको उपाधि उचालेका छन् । उनीसहितको स्पेनिस टिम सन् २००८ र २०१२ मा युरोपियन च्याम्पियन बनेको थियो । यस्तै सिल्भासहितको स्पेनिस टोली सन् २०१० को विश्वकप फुटबलमा उपाधि उचाल्न सफल भएको थियो । सन् २००६ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका सिल्भाले स्पेनको जर्सीमा १२५ खेल खेले ।सिल्भाले राष्ट्रिय टिमबाट प्राप्त गरेका हरेक कुराका लागि आफू जहिले खुशी रहेको र सन्यासको निर्णय लिन निकै कठिन भएको बताएका छन् । सिल्भाले सामाजिक सञ्जाल मार्फत सन्यासको घोषणा जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘मैले यसबारेमा धेरै दिन, त्यो भन्दा पनि धेरै हप्ता सोच विचार गरेँ । राष्ट्रिय टिमलाई मलाई धेरै दियो अनि खेलाडी र व्यक्तिका रुपमा परिपक्क हुन सिकायो । बिदा भएको घोषणा गर्न निकै कठिन भएको छ ।’

यसअघि शनिबार बार्सिलोनाबाट खेल्ने ३१ वर्षका स्पेनिस डिफेन्डर जेरार्ड पिकेले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । सिल्भा र पिके दुवै रुस विश्वकपमा स्पेनको टिममा थिए । स्पेन अन्तिम १६ बाटै बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया