Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल समूह उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरको छ ।

सोमवार  बंगलादेशसँग शून्यकाविरुद्ध ३ गोलले पराजित भएपछि नेपाल समूह उपविजेता भएको हो । अब फाइनल प्रवेशका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने छ । भारत आजै भएको पहिलो खेलमा समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

बंगलादेशविरुद्ध पहिलो हाफको अन्तिम समयमा नेपालले गोल खाएको थियो । ४६औं मिनेटमा थोरा खातुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको सुरुमै नेपालले केही राम्रो मुभ बनाए पनि गोल भने गर्न सकेन ।

बंगलादेशकी मारिया माण्डाले डिबक्स नजिकैबाट गोल गर्दै अग्रता दोब्बर पारिन् । ६७औं मिनेटमा साजिदा खातुनले टिमका लागि तेस्रो गोल गरेकी थिइन् ।
यसअघि पहिलो खेलमा नेपालले पाकिस्तान विरुद्ध ४–० को गोल गर्दै शानदार सुरुवात गरेको थियो । अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक अन्तिम चारमा स्थान बनाएको हो ।

बंगलादेशले पहिलो खेलमा पाकिस्तानलाई १४–० ले हराएको थियो । पाकिस्तान प्रतियोगिताबाट बाहिरएको छ ।

यसैबीच, उपाधिको दावेदार मानिएका भारत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार चाम्लिङथाङ रंगशालामा भएको समूह ‘ए’ को समूह चरणको अन्तिम खेलमा आयोजक भुटानलाई १–० ले पराजित गर्दै भारत समूह विजेताको रुपमा सेमिफाइलमा पुग्न सफल भएको हो ।

भारतसँग पराजित भए पनि आयोजक भुटान समूह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको खेलमा भारतकी

तपाईको प्रतिक्रिया