Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं –  यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । मोरक्कोमा गएराति भएको खेलमा सेभियालाई २-१ ले हराउँदै बार्सिलोनाले सिजनको पहिलो उपाधि जितेको हो ।

खेलमा सेभियाका पाब्लो साराबीयाले पहिलो गोल गरे । तर बार्साका जेरार्ड पिके र ओस्मान डेम्बेलेले एक–एक गोल गर्दै टोलीलाई खेलमा पहिलो पटक अग्रता दिए । अन्तिम समयमा सेभियाले एउटा पेनाल्टी हान्ने अवसर पायो ।

सेभियाका बेन यडरको कमजोर प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क टर स्टेगेनले बिफल पारेपछि बार्सिलोनाले उपााधि जितेको हो । जितसँगै बार्सिलोनाले लिग सिजन सुरु हुनुपूर्व अन्य टोलीलाई बलियो चुनौती दिएको छ । स्पेनिस लिग फुटबलको नयाँ सिजन अर्को हप्ता सुरु हुँदैछ ।

उता, जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको खेलमा आइन्त्राच फ्रान्कफर्टलाई ५-० ले हराउँदै बायर्न म्युनिखले सिजनको पहिलो उपाधि जितेको हो ।

खेलमा बायर्नलाई विजयी गराउन पोल्याण्डका स्ट्राईकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेका थिए ।

तपाईको प्रतिक्रिया