Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – साविक विजेता म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा आर्सनललाई २-० ले हराउँदै सिटीले आफ्नो शक्ति प्रदर्शन गरेको हो ।

news

गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङ र बर्नार्डो सिल्भाले एक एक गोल गरे । जितसँगै म्यान सिटीका प्रशिक्षक पेप ग्वार्डीयोलाले नयाँ सिजनमा सफल सुरुवात गर्दा पराजित टोली आर्सनलका नयाँ प्रशिक्षक युनाई एम्रेलाई भने पहिलो खेलमै झट्का लागेको छ ।

प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा लिभरपुलले वेष्टह्याम यूनाइटेडलाई ४–० को फराकिलो अन्तरमा हराएको छ । विजयी टिमका लागि सादियो मानेले २ गोल गर्दा मोहम्मद सलाह र डानियल स्टरीजले १-१ गोल गरे ।

गएराति नै भएको अर्को खेलमा साउथह्यानम्पटनले बर्न्लेसँग गोलरहित बराबरी खेलेको छ ।

तपाईको प्रतिक्रिया