Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इन्डोनेसियामा यही अगष्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबल सुरु भइसकेको छ । यसमा नेपाली टोलीले पनि प्रतिस्पर्धा गर्नेछ । थाइल्याण्डमा १० दिनको भ्रमणपछि नेपाली टोली आजै जाकार्ता पुग्दैछ ।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको नेपाल यू-२३ टोलीले समूह डी मा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ । २० सदस्यीय नेपाली टोलीमा २३ वर्षमाथिका ३ खेलाडी छन् । यू-२३ टोलीमा ३ सिनियर खेलाडी राख्न पाउने नियम छ । त्यसअनुसार नेपाली टोलीमा किरण सहित रोहित चन्द र विशाल राई छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका युवा खेलाडीको बाहुल्य नेपाली टोलीमा छ ।

चार वर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्सअन्तर्गत फुटबल खेलेका ३ नेपाली खेलाडी यसपटक पनि टोलीमा छन् । मिडफिल्डर रोहित र हेमन गुरुङसँगै गोलकिपर एलान न्यौपाने लगातार दोस्रो पटक एसियन गेम्स खेल्ने लागेका हुन् ।

चार वर्षअघि इरानक र जापानसँग समान ४-० ले तथा कुवेतसँग ५-० ले पराजित भएको थियो । जापानसँग नेपाललले लगातार दोस्रो पटक एसियन गेम्समा खेल्न लागेको हो । एसियन गेम्स औपचारिक रुपमा सुरु हुन बाँकी भएपनि फुटबल भने शुक्रवारबाटै सुरु भइसकेको छ । नेपालले आफ्नो पहिलो खेलमा मंगलवालर जापानसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया