Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडाैं – स्पेनिस फुटबल क्लब बार्सिलोनाले अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीलाई नयाँ सिजनका लागि कप्तान नियुक्त गरेको छ । आन्द्रेस इनिस्टाले बार्सिलोना छाडेपछि अब कप्तानीको जिम्मेवारी मेसीको काँधमा आएको हो ।

अर्जेन्टिनाको राष्ट्रिय टिमकक कप्तान रहेका मेसी सन् २०१५ देखि बार्सिलोनाको उपकप्तानमा नियुक्त भएका थिए । यता बार्सिलोनाले तीन जनालाई उपकप्तानको जिम्मेवारी दिएको छ । जसमा सर्जियो बुस्केट पहिलो उपकप्तान छन् भने त्यसपछि जेरार्ड पिक र सेर्जी रोबर्टो रहेका छन् ।

मेसीले कप्तानको रुपमा आइतबार सेभिल्लासँग स्पेनिस सुपरकपको खेलमा प्रतिस्पर्धा गर्दैछन् । पाँच पटकका फिफा वर्ष खेलाडीँ मेसीले कप्तानीमा बार्सिलोनाबाट उपाधि उचाल्ने विश्वास व्यक्त गरेका छन् । १८ अगस्टबाट सुरु हुने ला लिगामा बार्सिलोनाले अलाभेससँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया