Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारी गर्न थाइल्याण्डमा रहेको नेपाली फुटबल टोलीले दोस्रो अभ्यास खेलमा पराजय बेहोरेको छ  ।

थाम्मासत युनिभर्सिटी मैदानमा शुक्रबार भएको खेलमा नेपाल थाइल्याण्डको यू-२३ फुटबल टोलीसंग ४-० ले पराजित भएको हो । यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाल पुलिस टेरो क्लबसंग १ – ० ले पराजित भएको थियो । यो खेलसंगै नेपाली टोलीले थाइल्याण्डको प्रशिक्षण सकेको छ । अब एसियन गेम्स खेल्ने यू – २३ नेपाली टोली त्यहीबाट इन्डोनेसिया जाने छन् ।

एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि १० दिने विशेष प्रशिक्षणमा गर्न नेपाली टोली थाइल्याण्ड गएको हो । एन्फाले साफ र एसियन गेम्सको लागि नेपालले २९ खेलाडीलाई थाइल्याण्ड अभ्यासमा पठाएको हो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छ । र, नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।

नेपालले एसियन गेम्सको पहिलो खेलमा एसियन फुटबलको पावर हाउस जापानसंग अगष्ट १४ मा खेल्ने छ । यस्तै दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ । यस्तै नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ । साफमा नेपालले समूह चरणमा आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग खेल्ने छन् ।

तपाईको प्रतिक्रिया