काठमाडाैं – थाइल्याण्डमा गुफाभित्र फसेका १२ बालकहरु र उनीहरुका १ जना शिक्षकको उद्धार गरिएको विषय अन्तराष्ट्रिय रुपमा निकै चर्चाको विषय बन्यो । मृत्युको मुखबाट उम्केर आएका ती विद्यार्थीहरु अहिले के गर्दै होलान् ?
समाचार अनुसार हामीले कल्पना नै नगरेको प्रक्रियाबाट गुज्रिरहेका छन् उनीहरु । अहिले ती विद्यार्थीहरु र उनका शिक्षकलाई मन्दिरमा राखेर शुद्धीकरण गर्ने काम चलिरहेको छ । एकजना इशाई बच्चालाई छाडेर अरु सबै बच्चाको शीर मुण्डन गरिएको छ ।
गुफाभित्र ९ दिनसम्म हराएका हुनाले उनीहरुलाई ९ दिनसम्म मन्दिरमा राखेर शुद्धीकरण गर्न लागिएको हो । उनीहरुलाई मन्दिरमा बौद्ध शिक्षा प्रदान गरिँदैछ । शुद्धीकरणले उनीहरुलाई शान्ति मिल्ने बताइन्छ । उनीहरुलाई पूजापाठमा पनि संलग्न गराइएको छ ।