Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – उपभोग्य सामाग्रीको उच्च आयातसँगै नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा व्यापार घाटा २७ दशमवल ५३ प्रतिशतले बढेर ११ खर्ब ६२ अर्ब १० करोड ४ लाख ६६ हजार पुगेको हो ।

यो अघिल्लो बर्षको तुलनामा २ खर्ब ५० अर्ब ८३ करोड रुपैयाँले बढी हो । आर्थिक वर्ष २०७३/७४ मा व्यापार घाटा ९ खर्ब ११ अर्ब २६ करोड रुपैयाँ थियो । गत आर्थिक बर्षमा भारत लगायतका मुलुकबाट १२ खर्ब ४३ अर्ब बढीको सामाग्री आयात हुँदा मुलुकबाट जम्मा ८१ अर्ब १९ करोडको निर्यात भएको भन्सार विभागको तथ्याङकले देखाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ ।

एक वर्षको अवधिमा १ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँको इन्धन आयात भएको विभागले जनाएको छ । यस्तै १ खर्ब २५ अर्ब ८८ करोड रुपैयाँ बराबरको फलाम, स्टिल लगायतका धातुजन्य पदार्थ र १ खर्ब २४ अर्ब ४४ करोडको मेसिनरी सामाग्री मुलुक भित्रिएको छ । मुलुकमा १ सय ४० भन्दा बढी देशबाट आयात हुँदा भारतसँगको व्यापार घाटा मात्रै ७ खर्ब ६४ अर्ब ३० करोड पुगेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया