Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – क्रिस्टियानो रोनाल्डोलाई ९९ मिलियन स्टर्लिङ पाउण्डमा भित्र्याएको युभेन्टस् रियलसँग ३–१ गोलले पराजित भएको छ । पुरानो क्लव विरुद्ध इन्टरनेशनल च्याम्पियन कप फुटबलमा रोनाल्डो भने खेलेका थिएनन् ।

रियलले दिएको आत्मघाति गोलको माध्यमबाट अग्रता बनाएको युभेन्टसले बाँकी गोल पनि गर्न सेकेन् । पहिलो हाफको १२ औं मिनेटमा रियलका डानी कार्भाजलले किलियर गर्न खोजेको बल आफ्नै पोस्टमा गएको थियो । ३८ औं मिनेटमा रियलका लागि ग्यारेथ बेलले डी बक्स बाहिरबाट गोल गर्दै बराबरी गरेका थिए ।

दोस्रो हाफको शुरुको दश मिनेटमा मार्को एसेन्सोले २ गोल गरेपछि रियल ३–१ गोल अन्तरले विजयी भएको हो । विश्वकप लगत्तै रोनाल्डो रियल छाडेर युभेन्टस गएका थिए । ३३ वर्षीय रोनाल्डो ९ वर्ष लामो रियलको यात्रामा पूर्ण विराम लगाउँदै युभेन्टस गएका हुन् ।

तपाईको प्रतिक्रिया