Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – एसियाली खेलकुदमा नेपाललाई अहिले सम्म सबैभन्दा बढी र  ठूलो पदक दिलाउने तेक्वान्दो पछिल्लो दुई संस्करण भने खाली हात घर फर्केको थियो । सफल इतिहासलाई फेरि दोहोर्‍याउने योजना सहित १० खेलाडी र ४ प्रशिक्षकको टोली अर्को महिना इन्डोनेसियामा हुने १८ औं एसियाडको अन्तिम तयारीका लागि पछिल्लो २ महिनादेखि दक्षिण कोरियामा छ ।

एसियाली खेलकुदमा पदक जित्ने क्रमलाई यसपटक तेक्वान्दोले जोड्नेमा टोलीका प्रशिक्षक दीपक विष्ट आशावादी छन् । सन् २००२ र २००६ को एसियाडमा समान ३ कास्य पदक जितेको नेपाली तेक्वान्दो टोली पछिल्लो दुई संस्करण खाली हात फर्केको थियो । आफूमा भएको क्षमता र प्रशिक्षणमा सिकेको ज्ञानलाई एसियाडमा देखाउन सके नेपाली खेलाडीले पदक जित्ने सम्भावना रहेको एसियाडमा दुई कास्य पदक जितेका प्रशिक्षक विष्टको विश्वास छ ।

ओलम्पियन विष्टले २००२ र २००६ को एसियाडमा कास्य पदक जितेका थिए । नेपालले एसियाडमा अहिले सम्म १ मात्र रजत पदक जितेको छ, त्यो तेक्वान्दोले नै दिलाएको पदक हो । १९८६ को सियोल एशियाडमा ४ पदक भित्राएको थियो । १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले जितेको रजत पदक अहिले सम्मको एक र ठूलो पदक हो ।

सविताको रजतसहित बैंकक एसियाडमा ३ पदक जितेको नेपालले २००२ र २००६ मा समान ३ कास्य पदक भित्राएको थियो । १९९४ मा जापान एशियाडमा १ कास्य पदक ल्याएको थियो ।  १८ औं एसियाड भदौ २ गतेबाट इन्डोनेसियामा सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया