Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – घरेलु टोली नेदरल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई १ रनले हराएको हो ।

भिआरए मैदानमा नेपाले दिएको २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड पुरै ५० ओभरमा २१५ रन जोड्दा अलआउट भयो । योसंगै नेपालले नेदरल्याण्डविरुद्धको दुई खेलको सिरिज १ – १ को बराबरी गरेको छ ।

बुधबार भएको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले हारेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २१६ रन बनाएको थियो ।

नेपालको उच्च लक्ष्यमा कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका कप्तान पारसले ६९ बलमा ५१ रन जोडे ।

यस्तै अर्धशतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका सोमपालले ४६ बलमा ६१ रनको अर्धशतकीय पारी खेले । निकै आक्रामक ब्याटिङ गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै नेपालका लागि सुबास खकुरेल र दिपेन्द्र सिह ऐरीले समान १९/१९ रन जोड्दा आरिफ शेख १६ तथा ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए । नेपालका सन्दीप लामिछाने ८, रोहित कुमार पौडेल ६, अनिल साह ४ रनमा आउट हुँदा ललित भण्डारी ४ रनमा अविजित रहे ।

नेदरल्याण्डका फ्रेड क्लासेनले ३ तथा माइकल रिप्पोन र पिटर सीलरले २/२ विकेट लिए । ***

तपाईको प्रतिक्रिया