Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – ऐतिहासिक ओडिआई म्याचमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ । टस हारेको नेपालले पहिले बलिङ गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्षपछि नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै ओडिआई यात्रा सुरु गर्दैछ ।

नेदरल्याण्ड्सँग आज खेल्दै नेपालले पहिलो वान डे इन्टरनेशनल खेल (ओडिआई) यात्रा सुरु गर्नेछ।  नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेपालले नेदरल्याण्ड्ससँग आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा खेल्दैछ । सन १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले नेदरल्याण्ड्ससँग पहिलो ओडिआई खेल्दा जे गरे पनि रेकर्ड बन्नेछ ।

नेपालको लागि ओडिआईमा पहिलो बल फाल्ने, पहिलो विकेट लिने, पहिलो क्याच लिने, पहिलो रन हान्ने, पहिलो चौका हान्ने, पहिलो छक्का हान्ने, पहिलो हाफ सेन्चुरी हान्ने र पहिलो सेन्चुरी हान्ने खेलाडी को बन्नेछन् सबैको लागि चासोको विषय रहेको छ । गत मार्गमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट बन्दै आगामी चार वर्षको लागि नेपालले ओडिआई स्ट्याटस पाएको हो । नेपालको लागि यो ऐतिहासिक ओडिआई हुँदा नेदरल्याण्ड्सको लागि चार वर्षपछि पहिलो ओडिआई खेल हुनेछ ।

नेपाल ओडिआई क्रिकेट खेल्ने २३औँ राष्ट्र बन्दैछ । यसअघि २२ राष्ट्रले ओडिआई खेलिसकेको छ । सन् १९७१ जनवरी ५ मा अष्ट्रेलिया र इंगल्याण्डले विश्व क्रिकेटको इतिहासमा पहिलो ओडिआई खेल खेलेका थिए ।

तपाईको प्रतिक्रिया