Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – स्टानिस्लाभ चर्चेसोभले युरोकप सम्म रसियाको मुख्य प्रशिक्षक रहने भएका छन् । प्रशिक्षक चर्चेसोभले रूस फुटबल फेडेरेसनसँग थप दुई वर्ष (सन् २०२०) को लागि नयाँ सम्झौता गरेसँगै आगामी युरो कपसम्म टोली हेर्नेछन् ।

हालै घरेलु मैदानमा सम्पन्न २१औं विश्वकपमा टोलीले उत्कृष्ट प्रदर्शन गरेपछि रूसी प्रशिक्षक चर्चेसोभको सम्झौता थपिएको हो । नयाँ सम्झौतापछि आगामी सन् २०२० मा हुने यूरोकपसम्म रसियन टोलीकोको प्रशिक्षण चर्चेसोभ नै गर्नेछन् । १२ देशका १२ सहरमा हुने सन् २०२० को यूरोकपमा युरोपका विभिन्न २४ राष्ट्रले सहभागिता जनाउनेछन् ।

चर्चेसोभसँग नवीकरण सम्झौतामा हस्ताक्षर पछि रुस फुटबल फेडेरेसनले चर्चेसोभको नेतृत्वमा रुसी टिमले उच्च प्रदर्शनको विश्वास लिएको छ । रुसका पूर्व गोलकिपरसमेत रहेका चर्चेसोभले सन् २०१६ बाट रूसी टोली सम्हाल्दै आएका हुन् । चर्चेसोभको प्रशिक्षणमा रहेको रूसले हालै सकिएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

तपाईको प्रतिक्रिया