Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – एसीसी एसिया कप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । भदौ १३ (अगष्ट २९)गतेदेखि मलेसियामा शुरू हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र बाहेकका टप ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा नेपाल, युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमान सहभागी हुने भएका हुन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल १३ गते ओमानसँग खेल्नेछ । यस्तै नेपालको भेट १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग हुनेछ ।

प्रतियोगिताको विजेताले भारतमा हुने आगामी एसियाकप क्रिकेट प्रतियोगितामा सहभागिताको अवसर पाउने छ । छनोट हुने टोलीले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता राष्ट्रसँग खेल्ने अवसर पाउने छ । 

तपाईको प्रतिक्रिया