Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा पनि फराकिलो जित हात पारेको छ ।

बिहीबार भएको चौथो तथा अन्तिम खेलमा नेपालले ईस्ट लण्डन सार्कमाथि १३४ रनको फराकिलो जित निकालेको हो । यो जितसँगै नेपालले बेलायतमा खेलेका चार अभ्यास खेलमध्ये तीनमा जित निकालेको छ भने एक खेलमा पराजित भएको छ ।

लाउजटेन क्रिकेट क्लब मैदानमा भएको ट्वेन्टी ट्वेन्टी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४ विकेट गुमाएर २५१ रन बनायो । नेपालका लागि तीन खेलाडीले अर्धशतक बनाए ।

उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी र पारस खड्काले समान ६७ रन जोडे । जवाफमा २५२ रनको विशाल लक्ष्य पछ्याएको इस्ट लन्डन सार्कले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।

उसलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित नारायण राजवंशीले दुुई विकेट झारे ।

अभ्यास खेल सकाएको नेपालले अब लर्र्डस मैदानमा मेरिलवोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डसँग त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी श्रृंखला खेल्नेछ । उक्त खेल आइतबार हुनेछ । त्यसपछि नेपाल नेदरल्याण्ड्ससँग दुईवटा एक दिवसीय खेल खेल्न त्यसतर्फ लाग्नेछ ।

तपाईको प्रतिक्रिया