Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – श्रीलंकाका रंगना हेराथले ६ विकेट लिएपछि दोस्रो टेस्टमा दक्षिण अफ्रिका १९९ रनले पराजित भएको छ । योसँगै श्रीलंकाले २-० ले टेस्ट सिरिज कब्जा गरेको छ । श्रीलंकाले सन् २००६ पछि दक्षिण टेस्ट सिरिजमा अफ्रिकालाई पहिलो पटक पराजित गरेको हो ।

पहिलो टेस्ट श्रीलंकाले २७८ रनले विजयी भएको थियो । जितका लागि श्रीलंकाले दिएको ४९० रनको विशाल लक्ष्य पछ्याउने क्रममा अफिकाको टिम चौथो दिनमा २९० रनमा समेटिएको थियो । १३९ रनबाट चौथो दिनको खेल सुरु गरेको अफ्रिकाले टी डे ब्रुइन र तेम्बा बावुमाले इनिङ्सलाई सम्हाल्न खोजे पनि बावुमा ६३ रनमा आउट भएका थिए ।

त्यसपछि क्विन्टन डी कक र ब्रूइन पनि आउट भएपछि अफ्रिकाको पारी लड्खडाएको थियो । ब्रूइनले अफ्रिकाबाट यस सिरिजमा एक मात्र शतक बनाउने खेलाडीको रुपमा पारी सम्हाल्न खोजेका थिए तर हेराथले आउट गरे ।

तपाईको प्रतिक्रिया