Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडी घोषित भएका छन् । हालै रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोलाई स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि दिएको हो ।

यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन् । चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम  सहभागी थिएनन् । गत सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले गत सिजन सबैखाले प्रतियोगितामा ४४ गोल गरेका थिए ।

पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताएका थिए ।

तपाईको प्रतिक्रिया