Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिल स्टार खेलाडी नेयमारले रियलसँग नजोड्न भनेका छन् । उनले आफु पीएसजीसँग अनुबन्ध भएकाले अनुमानको भरमा अरु क्लबसँग नजोड्न भनेका छन् । नेयमारले आफ्नो पहिलो सिजनमा एक घरेलु लिग जित्दै १९ गोल गरेका थिए ।

नेयमारले रियल मड्रिड जानेबारे स्पष्ट भनेका छन् कि उनी अब स्पेन फर्किने सोचमा छैनन् । नेयमारले मिडियाले धेरै अनुमान गर्ने गरेको भन्दै यस्तो नगर्न भनेका छन् । उनले आफु पीएसजीसँग जोडिनुको केही उद्देश्य रहेको र क्लबसँगै सफल हुन चाहेको बताएका छन् । उनले अर्को सिजनमा राम्रो गर्ने आशा व्यक्त गरेका छन् ।

नेयमार गतवर्ष विश्वको सबैभन्दा महंगा खेलाडी बन्दै २०० मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजीमा अनुबन्धन भएका थिए ।  रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएपछि नेयमार रियल आउन सक्ने भन्दै समाचार बाहिरिएका थिए । -एजेन्सी

तपाईको प्रतिक्रिया