Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आइसीसी विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल भएका छन् । हालै इंल्याण्ड भ्रमणमा भएको खेलमा कोहलीको उत्कृष्ट प्रदर्शनले उनी आइसीसी विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल भएका हुन् । यही प्रतियोगितामा उत्कृष्ट बलिङ गरेका भारतीय युवा स्पिन बलर कुलदीप यादवलाई पहिलो पटक टप टेन बलरको सूचीमा पुगेका छन्।

भारतले इंल्याण्डसँग सिरिज २ १ ले हारे पनि खेलिएका तीन वानडेमा विराटले ७५, ४५ र ७१ रन बनाउँदै उक्त्कृष्ट पारी खेलेका थिए। तीन खेलबाट १९१ रन बनाएका उनको औषत रन ६३.६६ रहेको छ। यसैको सहयोगले विराटलाई वान डे ब्याटिङ र्‍याङ्किङमा नम्बर एक बनाएको छ। सँगै उनले आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट अंक ९११ पाएका छन्। विराटले एकदिवसीय वरियतामा आफूलाई झन बढी मजबुत बनाउँदै करिअरकै सर्वश्रेष्ठ ९ सय ११ अंक हात पार्ने क्रममा एकदिवसीय वरियतामा आफूलाई बलियो स्थितिमा पुर्‍याएका हुन्।

यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै अंक अस्ट्रेलियाका डिन जोन्सको नाममा थियो। जोन्सले १९९१ मा ९ सय १८ अंक बटुलेका थिए। एकदिवसीयमा इङ्ल्यान्ड १ सय २७ अंकसहित शीर्ष स्थानमा छ। भारत एक अंकले इङ्ल्यान्डभन्दा तल छ। भारत १ सय २१ अंकका साथ दोस्रो स्थानमा छ। चाइनामेन कुलदीप यादव पहिलो पल्ट एकदिवसीयको शीर्ष १० स्थानभित्र प्रवेश गर्न सफल भएका हुन्।

सूचीको दोस्रो स्थानमा इंग्ल्याडका लागि निर्णायक खेलमा सतक प्रहार गरेका जोय रूट छन्। रूटले लर्ड्समा ११३ रनको उत्कृष्ट पारी खेलेका थिए। यसै प्रतियोगिताबाट उनी छैठौ स्थानबाट एकै पटक दोस्रो स्थानमा फड्को मारेका हुन्। रूटको कुल अंक ८१८ छ। यस्तै तेस्रो स्थानमा पाकिस्तानी खेलाडी बाबर अजाम छन्। तेस्रो स्थानमा रहेका अष्ट्रेलियाका डेविड वार्नर तेस्रो स्थानबाट पाँचौमा धकेलिएका छन्। चौथो स्थानमा रोहित शर्मा छन् भने न्यूजीलैंडका रस ट्रेलर छैठौं स्थानमा छन्।

यस्तै बलिङतर्फ जसप्रित बुमराह ७७५ अंकसहित शीर्ष स्थानमा यथावत छन्। अफगानी स्पिनर राशिद खान ७६३ अंकसहित दोस्रो स्थानमा रहँदा पाकिस्तानी बलर हसन अली ७५० अंकसहित तेस्रो स्थानमा छन्। इंग्ल्याण्ड भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका कुलदीप यादव ६८४ अंकसहित छैठौं स्थानमा आएका छन्। उनी पहिलो पटक आइसिसि विश्व बलिङ र्‍याङ्किङमा टप टेन भित्र परेका हुन्। यस्तै चौथो स्थानमा न्यूजिल्याण्डका ट्रेन्ड बोल्ट र पाँचौ स्थानमा अष्ट्रेलियाका जोश हेजलवुड छन्।

यी हुन् उत्कृष्ट १० ब्याट्मेन

-विराट कोहली
-जोए रूट
-बाबर आजम
-रोहित शर्मा
-डेविड वार्नर
-रोस टेलर
-क्विटन डे कक
-फाफ डुप्लेसी
-केन विलियम्सन
-शिखर धवन

बलिङमा उत्कृष्ट कोको ? हेर्नुस्-
-जसप्रीत बुमराह
-राशिद खान
-हसन अली
-ट्रेन्ट बोल्ट
-जोश हेजलवुड
-कुलदीप यादव
-इमरान ताहिर
-आदिल रशीद
-कगिसो रबाडा
-युजवेन्द्र चहल

तपाईको प्रतिक्रिया