Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – आइसल्याण्डका प्रशिक्षक हेमिर हालग्मिसनले पदबाट राजीनामा दिएका छन् । गएको सात वर्षदेखि आइसल्याण्डको प्रशिक्षकको जिम्मेवारीमा रहेका हालग्मिसनले मंगलबार राजीनामा दिएका हुन् ।

उनको प्रशिक्षणमा आइसल्याण्डले पहिलो पटक विश्वकप खेलेको थियो । रुसमा भएको विश्वकप फूटबलमा उनको टिम समूह चरणबाटै बाहिरियो ।

तर अर्जेन्टिनाजस्तो टिमलाई बराबरीमा रोक्न सफल भएको थियो । हालग्मिसनले स्वीडिस प्रशिक्षक लार्स लागेर्ब्याकको साथमा दुई वर्षअघि आइसल्याण्डलाई पहिलो पटक युरोपकमा लगेका थिए । उसले युरोकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

त्यसपछि एकल प्रशिक्षकको रुपमा हालग्मिसनले आइसल्याण्डलाई पहिलो पटक विश्वकपका लागि छनौट गराए । विश्वकपको पहिलो खेलमा आइसल्याण्डले अर्जेन्टिनालाई १-१ को बराबरीमा रोक्यो । त्यसपछि उ नाइजेरिया र क्रोएसियासँग पराजित भयो । मंगलबार फुटबल एसोसिएन अफ आइसल्याण्डले हालग्मिसनले राजीनामा दिएको पुष्टि गरेको हो ।

पानामाका प्रशिक्षकले पनि छोड्दै

पानामालाई पहिलो पटक विश्वकपसम्म लगेका प्रशिक्षक हेर्नान डारिओ गोमेजले पनि पद छोड्ने बताएका छन् । कोलम्बियन गोमेजको प्रशिक्षणमा पानामाले रुस विश्वकपमा स्थान बनाएको थियो । पानामा फुटबल फेडेरेशनलाई पत्र लेखेर उनले पद छोड्ने जानकारी दिएका हुन् ।

उनको पत्र सार्वजनिक गर्दै पानामाको फुटबल फेडेरेशनले यसको पुष्टि गरेको छ । उनले पानामालाई विश्वकपमा पुर्‍याउने वाचा पूरा भएको र यो सुरुवात मात्रै रहेको बताएका छन् ।

रुस विश्वकप पानामा लागि सुरुवात मात्रै रहेको र आउँदा दिनमा अझै राम्रो हुने उनले उल्लेख गरेका छन् । ६२ वर्षका गोमेजले सन् २०१४ को फेब्रुअरीमा पानामाको प्रशिक्षकको जिम्मेवारी लिएका थिए । उनले सन् १९९८ को विश्वकपमा आफ्नै देश कोलम्बिया तथा सन् २००२ मा इक्वेडरको प्रशिक्षकको रुपमा विश्वकपमा प्रतिनिधित्व गरेका थिए ।

पानामाले आफ्नो पहिलो विश्वकपमा जित निकाल्न सकेन । पहिलो खेलमा बेल्जियमसँग ३-० ले हारेको पानामा दोस्रो खेलमा इंग्ल्याण्डसँग ६-१ त्था तेस्रो खेलमा ट्युनिसियासँग २-१ ले पराजित भयो ।

तपाईको प्रतिक्रिया