Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – नेदरल्याण्ड्स र एमसीसीविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । कप्तान पारस खड्काको नेतृत्वमा अाज घोषित टोलीमा विकेट किपर ब्याट्सम्यान सुवास खकुरेलले पुनरागमन गरेका छन् ।

२०१४ को टी-२० विश्वकपमा अफगानिस्तानविरुद्ध ५६ रनको अर्धशतकीय पारी खेलेको विकेट किपर ब्याट्सम्यान खकुरेल २०१५ को नोभेम्बरमा पपुवा न्युगिनीसँग भएको विश्व क्रिकेट लिग च्याम्पियन्ससिप यता टोलीमा थिएनन् । लामो समय चोटका कारण बाहिर रहेका उनी पछिल्लो समय घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि टोलीमा फर्किएका हुन् ।

नेपाली टोलीमा खड्का र खकुरेलसँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्र सिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहित कुमार पौडेल र सोमपाल कामी रहेका छन् । टोलीको बैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, सुशन भारी र प्रदीप ऐरी रहेका छन् ।

नेपाली टोलीले साउन १३ गते नेदरल्याण्ड्स र एमसीसीसँग लर्डसमा त्रिकोणात्मक टी-२० खेल्नेछ भने लगत्तै साउन १६ र १८ गते नेदरल्याण्ड्ससँग दुईवटा एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया