Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सोमबारदेखि ‍औपचारिक रूपमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका छन् । १० करोड ५० लाख युरो तिरेर रोनाल्डोलाई किनेको युभेन्ट्सले पहिलो दिन नै रोनाल्डो अंकित ५ लाख २० हजार वटा जर्सी बेचेको छ ।

सन् २०१६ मा युभेन्ट्सका सबै खेलाडीका जर्सी जम्मा ८ लाख ५० हजारमात्र बिकेका थिए । इटालीका सञ्चारमाध्यमका अनुसार युभेन्ट्सका एउटा आधिकारिक जर्सी १०४ युरोमा बिक्री हुन्छ भने तिनका प्रतिलिपीको ४५ युरो पर्छ । रोनाल्डोका सबै जर्सी प्रतिलिपी मात्रै बेचेको भए पनि युभेन्ट्सले पहिलो दिनमै ३ करोड ५८ लाख युरो कमाएको छ । यो रकम रोनाल्डोको अनुमानित वार्षिक पारिश्रमिक ६ करोड युरोको आधाभन्दा बढी हो ।

यदि यी सबै जर्सी आधिकारिक हुन् भने युभेन्ट्सको कमाइ ८ करोड २६ लाख युरो पुग्छ । सोमबार रोनाल्डोलाई युभेन्ट्सले ट्युरिनमा सार्वजनिक गर्दा क्लबका धेरै प्रशंसकहरू ७ नम्बरको जर्सी लगाएर आएका थिए । अरूले टिसर्टमा पोर्चुगिज भाषामा बम भिन्डो  (स्वागत) लेखाएर आएका थिए । ५ हजार बढी जर्सी पसलेले पनि बम भिन्डो  लेखेर रोनाल्डोको  पोस्टर राखेका थिए । –एजेन्सी

तपाईको प्रतिक्रिया