Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – ईण्डिया र ईङ्ल्याण्डबीचको तेस्रो तथा निर्णायक वान डे क्रिकेट आज खेलिदैछ । ३ म्याचको सिरिज १–१ को बराबरीमा छ । निर्णायक वान डे नेपाली समयअनुसार साँझ साढे ५ बजे लिड्समा खेलिनेछ ।

पहिलो वान डेमा इण्डिया र दोस्रोमा ईङ्ल्याण्ड विजयी भएको थियो ।  यस्तै, जिम्बावेविरुद्धको दोस्रो वान डे मा पाकिस्तान ९ विकेटले विजयी भएको छ । योसँगै पाकिस्तानले ५ म्याचको सिरिजमा २–० को अग्रता लिएको छ ।

१ सय ९५ रनको मध्यम लक्ष्य पाकिस्तानले ३६ ओभरमा एक विकेट गुमाएर भेट्टाएको थियो । उसको जितमा फकर जमानले नटआउट १ सय १७ र बाबर अजामले २९ रन बनाए । इमाम उलहकले ४४ रन जोडे ।

यसअघि उस्मान खानले ४ र हसन अलीले ३ विकेट लिएपछि घरेलु टोली जिम्बावे ४९ ओभर २ बलमा १ सय ९४ रनमा समेटिएको थियो । हेमिल्टन मासाकाट्जाले ५९ र पिटर मुरले ५० रन जोडेपनि अन्यको प्रर्दशन उल्लेख्य हुन नसक्दा जिम्मावे कम योगफलमै समेटिएको थियो ।

तपाईको प्रतिक्रिया