Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –  विश्वकप फुटबलको फाईनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले ३–१ को अग्रता बनाएको छ । खेलको ५९ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३ – १ को अग्रता दिलाएका हुन्  ।

यसअघि खेलको ३८ औ मिनेटमा एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमा गोल गरे । डि बक्सभित्र ह्यान्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यसमा ग्रिजम्यान चुकेनन् ।

खेलको १८ औ मिनेटमा मारियो मान्डुज्कीको आतमघाति गोलमा फ्रान्सले अग्रता लिएको हो । इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको २९ औ मिनेटमा गोल गर्दै क्रोएसिया खेलमा फर्किएको थियो ।

लुजिनिकी रंगशालामा फ्रान्स इतिहास दो¥याउने लक्ष्यकासाथ मैदान उत्रिएको छ । पहिलो पटक फाईनल पुगेको क्रोएसिया इतिहास बनाउन चाहन्छ ।

तपाईको प्रतिक्रिया