Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

विश्वकप फुटबलको महाभिडन्तको सुरुवाती प्लेइङ सेटको घोषणा भएको छ ।

नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु खेलमा फ्रान्सले केलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यानलाई अग्रपङ्तीमा राखेको छ ।

ग्रिजम्यान र एम्बाप्पेसंगै फ्रान्सको प्लेइङ सेटमा गोलकिपरमा कप्तान ह्युगो लोरिस यथावत छन् । त्यस्तै बेन्जामिन पाभर्ड, रफायल भराने, स्यामुएल उम्टिटी, लुकास हर्नाल्डेज, पाउल पोग्वा, निगोलो कान्टे, ब्लेइस माटुइडी र आलिभर जिराउड छन् ।

यता क्रोएसियाली लुका मोड्रिचको नेतृत्वमा टोलीको घोषणा गरेको छ ।  मोड्रिचसंगै टोलीमा इभान राकिटिच, मारियो मान्डुज्की, आन्टे रेबिच, इभान पेरिसिक, मार्सेलो ब्रोजोभिक, डोमागोज भिडा, डेजान लोभ्रेन, इभान स्ट्रिनिच, सिम भर्सालजिको, ड्यानीजेल सुवासिक रहेका छन् ।

तपाईको प्रतिक्रिया