Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –विश्वकपको महाभिडन्त सुरु भएको छ । लुजिनिकी रंगशालामा फ्रान्स र क्रोएसिया उपाधिकालागि प्रतिस्पर्धामा उत्रिएका छन् । फ्रान्स इतिहास दो¥याउने लक्ष्यकासाथ मैदान उत्रिएको छ । पहिलो पटक फाईनल पुगेको क्रोएसिया इतिहास बनाउन चाहन्छ ।

फ्रान्सले केलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यानलाई अग्रपङ्तीमा राखेको छ । ग्रिजम्यान र एम्बाप्पेसंगै फ्रान्सको प्लेइङ सेटमा गोलकिपरमा कप्तान ह्युगो लोरिस यथावत छन् ।

त्यस्तै बेन्जामिन पाभर्ड, रफायल भराने, उम्टिटी, लुकास हर्नाल्डेज, पाउल पोग्वा, कान्टे र आलिभर जिराउड छन् ।

यता क्रोएसियाली टाेलीमा लुका मोड्रिचको नेतृत्वमा इभान राकिटिच, मारियो मान्डुज्की, रेबिच, इभान पेरिसिक, ब्रोजोभिक, भिडा, लोभ्रेन, स्ट्रिनिच, भर्सालजिको, सुवासिक रहेका छन् ।

तपाईको प्रतिक्रिया