Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं –  रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल खेल आज (आइतबार) हुँदैछ । लुजिनिकी रंगशालामा हुने फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् ।

फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ मा सुरु हुनेछ । आज दुवै टोली विश्वकपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । र, यो फाइनलले विश्व फुटबलमा नयाँ च्याम्पियन राष्ट्र जन्माउने छ ।

यो विश्वकप दुई फाइनलिस्ट टोली फ्रान्स र क्रोएसियाले निकै शानदार प्रदर्शन गर्दै आइरहेको छ । यस्तोमा फाइनल खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो । क्रोएसियाले इंग्ल्यान्डलाई हराएर फ्रान्ससंगको भेट पक्का गरेको थियो ।

फ्रान्सले अहिलेसम एक पटक विश्वकप जितेको छ । क्रोएसियाले भने पहिलोपटक विश्वकपको फाइनल यात्रा तय गरेका हुन् । यस्तोमा फ्रान्स दोस्रो पटक विश्वकप उपाधि जित्न चाहन्छ । क्रोएसिया भने पहिलो पटक विश्वकप जित्दै इतिहास लेख्न चाहन्छ ।

दुई टोलीबीच हालसम्म पाँच खेलमा भेट भएको छ । दुई टोलीबीच विश्वकपमा भने एक भेट भएको छ । मैत्रीपूर्ण र युरोकप गरी चार भेट भएको छ । सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई २-१ ले हराएको थियो । उक्त विश्वकप फ्रान्सले जितेको थियो भने क्रोएसिया तेस्रो भएको थियो ।

सन् १९९९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले ३ – ० को जित निकालेको थियो । त्यस्तै सन् २००० मा भएको मैत्रीपूर्णमा पनि फ्रान्सले २ – ० को जित निकालेको थियो ।

सन् २००४ को युरोकपमा दुवैले २ – २ गोलको बराबरी खेलेको थियो भने सन् २०११ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरी खेलेका थिए ।

तपाईको प्रतिक्रिया