Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – रुसमा जारी विश्वकप २०१८ को फाइनल खेल अर्जेन्टिनाका रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् । क्रोएसिया र फ्रान्सबीच आइतबार राति ८ बजेर ४५ मिनेटमा मस्कोको लुजिन्की रंगशालामा विश्वकप ट्रफ्रीका लागि फाइनल भिडन्त हुँदैछ ।

फिफाका अनुसार अनुभवी रेफ्री पिटानाले रसिया र साउदी अरेबियाबीचको उद्घाटन खेलसहित स्वीडेन र मेक्सिको, डेनमार्क र क्रोएसिया तथा फ्रान्स र उरुग्वेगरी ४ खेल खेलाइसकेका छन् । फाइनल खेलको मुख्य रेफ्रीको जिम्मेवारी पाएका पिटानालाई अर्जेन्टिनाकै हेर्नान मइडेना र हुवान पि बेलाट्टीले असिस्टेन्ट रेफ्रीको रुपमा सघाउनेछन् ।

नेदरल्याण्ड्सका बजान कुइपर्स फोर्थ अफिसियल र एरविन जिएनस्ट्रालाई रेफ्री असेसर तोकिएको फिफाले जानकारी दिएको छ ।  उसका अनुसार इंग्ल्याण्ड र बेल्जियमबीच तेस्रो स्थानका लागि हुने खेलको रेफ्रीमा इरानका अलिरेजा फघानीलाई चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया