Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – फिफा विश्वकपको २१औं संस्करणको उपाधिका लागि आइतबार लुज्निकी स्टेडियममा क्रोएसिया र फ्रान्स भिड्दैछन् । त्यसअघि शनिबार सेन्ट पिटर्सबर्गमा तेस्रो स्थानका लागि हुने खेलमा बेल्जियम र इंग्ल्याण्ड आमनेसामने हुँदैछन् । बेल्जियम र इंग्ल्याण्डको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

एउटै समूहमा रहेर फिफा विश्वकप सुरु गरेका यी दुई राष्ट्र फेरि भेट्दैछन् । १-० को जित हात पारेको बेल्जियम समूहको विजेता थियो । अब यो खेलमा यी दुई टोली प्रतिष्ठाका लागि खेल्दैछन् ।दुवै टिमले यो विश्वकपमा उच्च सफलता पाउने लक्ष्यमा हुनेछन् । रोबर्टो मार्टिनेजको टोली फ्रान्ससँग १-० ले पराजित हुँदै पहिलो पटक फाइनल पुग्नबाट बञ्चित भएको थियो । ‘स्वर्ण युग’ भनिएको बेल्जियमका लागि विश्वकपको नतिजा अपेक्षाकृत रहेन ।

अघिल्लो संस्करणको क्वार्टरफाइनलमा अर्जेन्टिनासँगको र युरो कपमा पनि वेल्ससँग हारेको बेल्जियम अब कास्य पदकको खोजीमा रहनेछ । बेल्जियम विश्वकपमा दोस्रो पटक तेस्रो स्थानका लागि खेल्दैछ । यसअघि सन् १९८६ मा फ्रान्ससँग ४-२ ले पराजित भएपछि चौथो बनेको बेल्जियम यो पटक विश्वकपको सबैभन्दा ठूलो सफलताको स्वाद लिने लक्ष्यमा छ । डिफेन्डर थोमस मुनिरले इंग्ल्याण्डलाई हराएर कास्य पदक जित्नु बेल्जियम टिमको न्यूनतम आवश्यकता भएको बताउँछन् । सेमिफाइनलमा फ्रान्ससँग उत्कृष्ट प्रदर्शन गरे पनि सामुयल उम्टिटीको हेडरले नतिजा हातबाट फुस्किएको थियो ।

‘समूह चरणमा इंग्ल्याण्डलाई हराएका थियौँ, यो खेलमा पनि नतिजा हाम्रो पक्षमा आउनेमा विश्वस्त छौं ।’ पत्रकार सम्मेलनमा मुनिरले भने, ‘जित्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो चाहना पनि हो ।’ केरन ट्रिपियरको पहिलो हाफको गोलमा इभान पेरिसिच र मारियो मान्जुकिचले गोल गरेपछि इंग्ल्याण्ड टिम तथा समर्थकको दिल तोडिएको थियो । सन् १९९० मा पनि पश्चिम जर्मनीसँग पराजित भएको इंग्ल्याण्ड कास्यको लडाईंमा आयोजक इटालीसँग २-१ ले पराजित भएको थियो ।

यो विश्वकपको अन्तिम खेलमा जित हात पारेमा टिममा सकारात्मक सन्देश जाने भनाई डिफेन्डर ग्यारी केहिलको छ । ‘दुवै टिमका लागि यो अलि अनौठो खेल हो । निराशाबाट फर्किए पनि यो खेल खेल्नै पर्छ ।’ केहिलले भने, ‘विश्वकपमा हामीले खेलेको खेलबाट गौरवान्वित छन् । हाम्रो यो टिमका कारण भविष्यका लागि पनि सकारात्मक आशा देखाएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया