Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – इंग्ल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकटेले विजयी भएको छ ।

२ सय ६९ रनको लक्ष भारतले ४० ओभर १ बलमै २ विकेट गुमाएर भेट्टाएको हो । भारतलाई जिताउन रोहित शर्माले नटआउट १ सय ३७ रन बनाए भने विराट कोहलीले ७५ रनको योगदान गरे ।

१ सय १४ बल खेलेका रोहितले १५ चौका र ४ छक्का सहित  १ सय ३७ रन बनाए । रोहितले इग्ल्याण्डसँगको यसअघिको तेस्रो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा पनि शतक बनाउँदै भारतलाई जिताएका थिए ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डलाई सामान्य योगफलमा सिमित गर्न भारतका कुलदीप यादवले ६ विकेट लिए । १० ओभरमा उनले २५ रन दिंदै ६ विकेट लिएका हुन् । इग्ल्याण्डका जोस बलटरले ५३ र बेन स्टोक्सले ५० रन बनाए ।

तीन ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला २–१ ले जितेको भारतले ३ एकदिवसीय क्रिकेटमा पनि १ शून्यको अग्रता लिएको हो । शृंखलामा भारत र इग्ल्याण्डले ५ वटा टेष्ट क्रिकेट पनि खेल्नेछन् ।

तपाईको प्रतिक्रिया