Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – जिम्बाबे र अष्ट्रेलियासहितको त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेटको उपाधि  पाकिस्तानले जितेको छ । आइतबार हरारेमा भएको फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै पाकिस्तानले उपाधि उचालेको हो ।

 १ यय ८४ रनको लक्ष्य पाकिस्तानले खेल सकिन ४ बल बाँकी हुँदै ४ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानलाई जिताउन फकार जमानले ९१ र सोइब मलिकले नटआउट ४३ रन बनाए । फकारले ४६ बलमा १२ चौका र ३ छक्का र सोइबले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलयाले २० अ‍ोभरमा ८ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । अष्ट्रेलियाका डे आर्कि श्रोटले ७६ रन बनाएका थिए । उनले ५३ बलमा ७ चौका र ४ छक्का प्रहार गरे । यस्तै, आरोन फिन्चले २७ बलमा ४७ रनको योगदान गरे पनि अष्ट्रेलियाको जितका लागि त्यो पर्याप्त भएन । पाकिस्तानका मोहम्मद आमीरले ३ विकेट लिए ।

तपाईको प्रतिक्रिया