Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

चितवन – स्थानीय तहले चर्चा कमाउन र अरुभन्दा पृथक देखाउन विभिन्न फण्डाहरु गर्ने गरेको पाइन्छ । चितवनको रत्ननगर नगरपालिकाले पनि यस्तैं फण्डा सार्वजनिक गरेको छ । अब नगरपालिकाले सुत्केरी गाइलाई भत्ता दिने छ ।

नगरपालिकाले नगरभित्रका किसानले व्यावसायिक रुपमा पालेका सुत्केरी गाइलाई पोषण स्वरुप सुत्केरी भत्ता दिने भएको हो । जेठ १५ गते सम्पन्न तेश्रो नगरसभाले पशु विकास कार्यक्रमअन्तर्गत सुत्केरी गाइलाई भत्ता दिने कार्यक्रम पारित गरेको मेयर नारायण वनले बताउनुभयाे । दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले पशुपालनको विकास कार्यक्रम अन्र्तगत आगामी आर्थिक वर्षबाट सुत्केरी भत्ता दिनेछ । यसका लागि नगरपालिकाले सो आर्थिक वर्षका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ ।

सुत्केरी गाइलाई भत्ता स्वरुप ५०० रूपैयाँसहित औषधि, हरियो घाँस र पौष्टिक आहार प्रदान गरिने पशुपक्षी विकास शाखा प्रमुख शालिकराम पौडेलले बताउनुभयाे । नगरपालिकाले प्रदान गर्ने सुत्केरी भत्ता र पौष्टिक आहार किसानले दूध बिक्री गर्ने दुग्ध उत्पादक सहकारी संस्थाबाट दिने व्यवस्था मिलाइने छ । गाइ सुत्केरी भएको ११ देखि ३५ दिनभित्र किसानले भत्ता रकम र औषधि तथा तोकिएको पौष्टिक आहार लगेर गाईलाई खुवाउनुपर्ने छ ।

सुत्केरी गाइ पाल्ने किसानलाई घाँसको बीउसमेत नगरपालिकाले उपलब्ध गराउने भएको छ । पशुपालन व्यवसाय प्रवर्द्धनका लागि नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ मा टिकौलीमा गौशाला निर्माणदेखि पशु आहारसम्मको कार्यक्रम ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया