Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – रुसमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ । विश्वकप अन्तर्गत तेस्रो तथा आज हुने पहिलो क्वाटरफाइनलमा दुई युरोपियन राष्ट्र स्विडेन र इंग्ल्यान्ड मैदान उत्रदै छन् । विश्वकप अन्तर्गत आज नै हुने अन्तिम क्वाटर फाइनलमा आयोजक रुस र क्रोएसियाले प्रतिस्पर्धा गर्ने छन् ।

डेनिस चेरिसेभ (रुस)
डेनिस चेरिसेभ रुसी टोलीका महत्वपूर्ण सदस्य हुन् । आयोजक रुसले जारी विश्वकपमा अप्रत्याशित रूपमा क्वार्टरफाइनल सम्मको यात्रा तय गर्दा उनै चेरिसेभको भूमिका महत्वपूर्ण रह्यो । टोलीले समूहगत चरणका तीनमध्ये सुरुआती दुई खेलमा उनै चेरिसेभले महत्वपूर्ण तीन गोल गरेका थिए । रुसले प्रतियोगिताको उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० ले पराजित गर्दै सुखद सुरुआत गर्दा उनै चेरिसेभले महत्वपूर्ण एक गोल गरेका थिए ।

यस्तै दोस्रो खेलमा रुसले इजिप्टविरुद्ध ३-१ गोलको जित हात पार्दा पनि चेरिसेभ एक्लैले दुई गोल गरेका थिए । त्यही गोलसँगै उनी जारी प्रतियोगितामा रुसी टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा परेका छन् । मिडफिल्ड पोजिसनबाट खेल्ने चेरिसेभले प्रतियोगितामा आफ्ना स्ट्राइकरलाई अवसर सिर्जना गर्न मात्रै हैन, आफैं पनि गोल गर्न सक्षम रहेको प्रमाणित गरिसकेका छन् ।

स्पेनिस क्लब रियल म्याड्रिडको एकेडेमीबाट फुटबल खेल्न सिकेका चेरिसेभ अनुभव र क्षमताका कारण टोलीका महत्वपूर्ण सदस्य रहँदै आइरहेका छन् । यद्यपि रुस विश्वकपमा उनलाई प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभले अन्तिम समयमा मात्रै टोलीमा समावेश गरेका थिए । अन्ततः टोलीलाई अघि बढाउने उनै चेरिसेभले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

रुसले समूहगत चरणको अन्तिम खेलमा उरुग्वेविरुद्ध २-० को पराजय बेहोर्दा प्रिक्वार्टरफाइनल चरणको खेलमा पनि पेनाल्टी बाहेकको अवसरमा गोल गर्न सकेन । त्यसैले टोलीलाई उपाधितर्फ डोहोर्‍याउन प्रतियोगिताको बाँकी खेलमा चेरिसेभले गोल गर्ने विश्वास गरिएको छ । सन् २०१२ देखि रुसको सिनियर राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका यी २७ वर्षीय खेलाडीले हालसम्म १५ खेलबाट तीन गोल गरेका छन् ।

मारियो मान्जुकिच (क्रोएसिया)
मारियो मान्जुकिच क्रोएसियन टोलीका महत्वपूर्ण खेलाडी हुन् । बढ्दो उमेरका बीच उनी क्लब र आफ्नो राष्ट्रिय टोलीका मुख्य स्ट्राइकरका रूपमा स्थापित छन् । सन् २०१५ यता क्रोएसियाको राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका ३२ वर्षीय मान्जुकिच जारी रुस विश्वकपमा पनि टोलीका महत्वपूर्ण खेलाडी हुन् । टोलीलाई आवश्यक परेको कुनै पनि अवस्थामा गोल गर्नसक्ने उनको खुबी हो ।

शारीरिक उचाइले राम्रो साथ दिएकाले मान्जुकिच हेडिङ गोल गर्न माहिर देखिन्छन् । जारी विश्वकपमा समेत मान्जुकिचले आफ्नो गोल गर्न सक्ने क्षमता प्रमाणित गरिसकेका छन् । उनले डेनमार्कविरुद्ध भएको प्रिक्वार्टरफाइनल चरणको महत्वपूर्ण खेलमा गोल गर्दै क्रोएसियालाई क्वार्टरफाइनल चरणसम्म पुर्‍याउन मद्दत पुर्‍याएका छन् । उनको गोलसँगै निर्धारित र थप गरिएको ३० मिनेटको समयमा खेलमा १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा क्रोएसियाले जित हात पारेको थियो ।

प्रतियोगितामा टोलीलाई अझ अघि बढाउन आगामी खेलमा पनि उनले यस्तै महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । इटालियन क्लब युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी आफ्नो अनुभवले पनि टोलीको जितमा योगदान पुर्‍याउन सक्षम देखिन्छन् । क्रोएसियाको राष्ट्रिय टोलीबाट ८६ खेल खेलेका मान्जुकिचले ३१ गोल पनि गरेका छन् । रुस विश्वकपको अन्त्यसम्म उनको खेलसँग गोलको आँकडा पनि बढ्ने विश्वास गरिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया