Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – जापानविरूद्ध ६९ मिनेटसम्म २-० ले पछाडि परेको नतिजा उल्टयाउँदै बेल्जियम अन्ततः ३-२ गोलले विजयी भयो । यो जितसँगै क्वाटरफाइनल प्रवेश गरेर उत्साही बनेको बेल्जियम शुक्रबार मध्यराती विश्वकपको दावेदार ब्राजिलविरूद्ध मैदानमा उत्रिँदै छ । बेल्जियको हालको टोली ‘गोल्डेन जेनेरेशन’ भएको दावी धेरैले गर्दै आइरहेका छन् । तर, त्यो परिक्षण भने शुक्रबार नेपाली समयअनुसार ११ बजेर ४५ मिनेटदेखि सुरु हुने खेलको नतिजापछि हुनेछ ।

विश्वकपमा समावेश हुने सवै टोली पाँच पल्टको विजेता ब्राजिलसँग एक पल्ट भएपनि प्रतिस्पर्धा गरेको अनुभव बटुल्न चाहन्छन । यस अर्थमा बेल्जियमका लागि यो सुनौलो अवसर पनि हो । तर, क्वाटरफाइनलमा भिड्नु पर्दाको अफ्ठयारा आफ्नै ठाउँमा छदैँछ । किनभने नकआउट चरणमा पराजयको अर्थ हुन्छ, प्रतियोगिताबाट बाहिरिनु । ब्राजिल हाल विश्व वरियतामा दोस्रो नम्बरमा छ भने बेल्जियम तेस्रो । बेल्जियमको यही टोलीलाई दुई वर्षअघि युरोकपमा पनि दावेदार मानिन्थ्यो । तर, वेल्सविरूद्ध क्वाटरफाइनलमा पराजित भएर बाहिरिएको थियो ।

गत विश्वकपमा पनि बेल्जियम क्वाटरफाइनलमा दक्षिण अमेरिकाको अर्को शक्ति राष्ट्र अर्जेन्टिनासँग पराजय भोगेर बाहिरिएको थियो । हाल बेल्जियम टोलीमा इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडीको घुइचो छ । जापानलाई दबाबपूर्ण खेलमा पराजित गर्दा बेल्जियम टोलीका ११ खेलाडी प्रिमियर लिगमा सहभागी भइसकेका उत्रिएका थिए । जसमा ३२ वर्षीय भिन्सेन्ट कोम्पानी र ३१ वर्षीय दुई स्टार ड्रिस मार्टेस र यान भर्टोङ्घम थिए । डिफेन्डर कोम्पानी, गोलकिपर थाइबुट कुर्टोइस, मिडफिल्डर केभिन डि बु्रयन र फवार्ड इडेन हजार्ड संलग्न टिमले ८ पल्ट प्रिमियर लिगको उपाधि जितिसकेको छ ।

प्रशिक्षक रोबर्टो मार्टिनेसले इङ्लिस क्लब इभर्टनलाई प्रशिक्षण गरिसकेका छन् । उनको आगमनसँगै बेल्जियम तीन स्ट्राइकर बोकेर ३-४-३ को आक्रामक शैलीमा फुटबल खेल्न थालेको थियो । शुक्रबार ब्राजिलविरूद्ध पनि उनको टिम फर्मेसन यही हुने पक्का छ । जापानविरूद्ध डिफेन्समा देखिएको कमजोरी दाहर्याउने पक्षमा मार्टिनेस पक्कै हुने छैनन् । डिफेन्सको खुकुलो प्रस्तुतिका कारण बेल्जियमले दोस्रो हाफको ५८ मिनेट भित्रै जापानविरूद्ध दुई गोल खाएको थियो ।

ब्राजिली टिममा नेइमार र फिलिप कोउटिन्होको रुपमा अग्रपंक्तिमा दुई खतरनाक खेलाडी भएका कारण बेल्जियम जापानविरूद्धको गल्ती दोहर्याउने पक्षमा छैन । किनभने ब्राजिलसँग पछाडि परिसकेको अवस्थामा खेलमा फर्किनु भनेको लगभग असम्भव मानिन्छ । –एजेन्सी

तपाईको प्रतिक्रिया