Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – प्रधानमन्त्री कप तेस्रो विश्वविद्यालय खेलकुद आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल गरी चार खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबलमा दुई, ब्याडमिण्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ विश्वविद्यालया २ सय ५६ खेलाडी सहभागी हुनेछन् ।  भलिबलका खेल त्रिपुरेश्वरमा रहेको कभर्डहलमा, ब्याडमिन्टन र बुद्धिचाल कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयमा तथा टेबलटेनिस लैनचौरमा रहेको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताका लागि झण्डै ३५ लाख रुपैयाँ खर्च हुने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

तपाईको प्रतिक्रिया