Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका लागि सिरी ए च्याम्पियन युभेन्टसले गरेको एक सय मिलियन युरोको प्रस्तावलाई रियल मड्रिडले विचार गरिरहेको बीबीसीले जनाएको छ ।

unn.prixa.net

३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् ।

तर बढ्दो उमेर र घट्दो स्टारडमका कारण रियल मड्रिडले क्लबमा सुधार चाहेको बताइन्छ । किनकी यो सिजनको लालिगामा रियल च्याम्पियन बार्सिलोनाभन्दा १७ अंकले पछाडि रहेको थियो । त्यसैले पनि रियल मड्रिड आफ्ना स्टार खेलाडी रोनाल्डोलाई युभेन्टसलाई बेच्न खोजिरहेको छ ।

रोनाल्डोले गएको मे महिनामा मात्रै रियललाई पाँचौ पल्ट च्याम्पियन्स लिग जिताएका थिए । किभमा भएको खेलमा लिभरपुललाई पन्छाउँदै उपाधि जिते पनि प्रशिक्षक जिनेदिन जिदानले भने क्लबबाट राजीनामा दिएका थिए । रियल मड्रिडले जिदानको ठाउँमा स्पेनका पूर्व राष्ट्रिय प्रशिक्षक जुलेन लोपेटेगीलाई नियुक्त गरिसकेको छ ।

पाँच पल्टको बलोन डी ओर विजेता रोनाल्डोको भविष्यका बारेमा केही वर्ष यता चर्चा हुँदै आएको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग रोनाल्डोको सम्बन्ध राम्रो नभएको बेला–बेलामा समाचार प्रकाशित भैरहेका हुन्छन् । रियल मड्रिडमा रोनाल्डो खुशी नभएको पनि बताइन्छ ।

रियल मड्रिडले रोनाल्डोलाई एक सय मिलियनमा बेच्दै पीएसजी स्टार नेइमारलाई भित्र्याउन चाहेको चर्चा पनि चलिरहेको छ । त्यस्तै नेइमारलाई रियलमा भित्र्याउन सफल नभए अध्यक्ष पेरेजले पीएसजी अर्का स्टार केलिएन एम्बाप्पेलाई भित्र्याउने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया