शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – गल्कोटबाट आई बिभिन्न पेशा अध्ययन गर्दै रहेका सम्पूर्ण गल्कोटेको साझा संस्था गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितीको चौथो अधिबेशन यही जुलाई १७ तारिख मंगलबार हुने भएको छ ।

सिनओकुबु स्थित सोलमारीको मुरा हलमा दिउँसो ३ बजे सुरु हुने आयोजकले जनाएको छ ।

यसैगरी, गल्कोट समाज जापान नागोया क्षेत्रको चौथो अधिबेशन जुलाई १२ तारिख नागोया स्थित मुगल प्यालेस रेष्टुरेन्टमा हुने नागोया अध्यक्ष रमेश गौतमले बताउनुभयो ।

नागोया क्षेत्रका गल्कोटेहरु जुलाई १२ बिहिबार नागोया स्थित मुगल प्यालेस रेष्टुरेन्टमा उपस्थित हुन् आग्रह गरिएको छ । लगत्तै हुदै गरेको केन्द्रिय समितीको अधिबेशनको संघारमा हुने टोकियो क्षेत्रको अधिबेशनको तैयारी पुरा भएको टोकियो क्षेत्रिय समितीका सचिब लक्ष्मण कार्कीले बताउनुभयो ।

कान्तो क्षेत्रबाट सबै गल्कोटेलाई जुलाई १७ तारीख उपस्थितको लागी आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया