Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार प्रि-क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । क्वाटरफाइनल प्रवेशका लागि स्वीडेनले स्वीट्जरल्याण्ड तथा कोलम्बियाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । स्वीडेन र स्वीट्जरल्याण्डबिचको खेल सेन्ट पिटर्सबर्गमा बेलुका पौने ८ बजे हुनेछ । स्वीडेन समूह एफ को विजेता तथा स्वीट्जरल्याण्ड समूह ई को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

पहिलो खेलमा दक्षिण कोरियालाई १-० ले हराएको स्वीडेन दोस्रो खेलमा जर्मनीसँग २-१ ले हारेको थियो । उसले तेस्रो खेलमा मेक्सिकोमाथि ३-० को जित निकालेको थियो । पहिलो खेलमा ब्राजिसँग १-१ को बराबरीमा रोकिएको स्वीट्जरल्याण्डले दोस्रो खेलमा सर्बियालाई २-१ ले हराएको थियो । तेस्रो खेलमा भने कोस्टारिकासँग २-२ को बराबरीमा रोकिएको थियो ।

मंगलबार राति पौने १२ बजे हुने खेलमा कोलम्बियाले युवा खेलाडीले भरिएको इंग्ल्याण्डको सामना गर्नेछ । खेल मस्कोमा रहेको स्पार्टक रंगशालामा हुनेछ । इंग्ल्याण्ड समूह जी को उपविजेता तथा कोलम्बिया समूह एच को विजेताको रुपमा अन्तिम ८ मा आएका हुन् । पहिलो खेलमा ट्युनिसियालाई २-१ तथा दोस्रो खेलमा पानामालाई ६-१ ले हराएको इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १-० ले पराजित भएको थियो ।

कोलम्बिया भने पहिलो खेलमा जापानसँग २-१ ले हारेको थियो । उसले दोस्रो खेलमा पोल्याण्डलाई ३-० तथा तेस्रो खेलमा सेनेगललाई १-० ले हरायो । मंगलबारको खेलपछि रुस विश्वकपमा क्वाटरफाइनल समिकरण पूरा हुनेछ । –एजेन्सी 

तपाईको प्रतिक्रिया