Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं  – क्यानडामा भैरहेको ग्लोबल क्रिकेट लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव कायमै राखेका छन् । उनले खेलेको टिम मोन्ट्रेल टाइगर्सले लगातार हार ब्यहोर्दा सन्दीपले तेस्रो खेलमा पनि एक विकेट लिएका छन् ।

गएराति भएको भ्यानकुभर नाइट्स विरुद्धको खेलमा सन्दीपले चार ओभरमा १९ रन खर्चिँदै एक विकेट लिए । जसमा उनले एक ओभर मेडेन पनि गरेका थिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भ्यानकुभरले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो । उसका लािग ही भान डेर डुसेनले ८३ रन बनाए । बलिङतर्फ सन्दिपले जमैकन खेलाडी चान्डविक वाल्कोटको विकेट लिएका थिए ।

ब्याटिङमा पनि पुछारमा आएका सन्दीपले ७ रन बनाए । तर टिम भने १९ ओभर ४ बलमा एक सय ४८ रनमा अलआउट भयो ।

तपाईको प्रतिक्रिया