Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – रुसी विश्वकप फुटबलमा एसियाली चुनौती समाप्त भएको छ । प्रि क्वार्टरफाईनलको खेलमा एसियाली पावर हाउस जापान, बेल्जियमसंग पराजित भएसंगै विश्वकपमा एसियाली चुनौती सकिएको हो ।

५ मिनेटको अन्तरमा लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा जापान ऐतिहासिक जित हासिल गर्न असफल भयो ।

रुसी विश्वकपको नकआउट चरणमा पुग्ने जापान एकमात्र एसियाली राष्ट्र रहेको थियो । सन् १९९८ बाट विश्वकप खेल्न सुरु गरेको जापानले अहिलेसम्म क्वार्टरफाईनलमा पुग्न सकेको छैन् । एसियाली पावर हाउस जापानको विश्वकप नतिजा खासै उल्लेख्य छैन् ।

रुसी विश्वकपमा एसियाबाट यसपटक जापान सहित इरान, साउदी अरब, दक्षिण कोरिया र अष्टे«लियाले सहभागिता जनाएका थिए ।

जपान बाहेकका अन्य टोली प्रतियोगिताको समुह चरणबाटै बाहिरिएका थिए । समुह चरणको अन्तिम खेलमा दक्षिण कोरियाले पुर्व विश्व विजेता जर्मनीलाई २–० ले पराजित गर्दै सुखद अन्त्य गरेको थियो ।

तपाईको प्रतिक्रिया