शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

टोकियो – जापानमा ५ जना युवाहरूको अग्रसरतामा एक फरक व्यबसाय नेप्लिज ग्लोबल ग्रुपको आइतवारबाट औपचारिक सुरुवात भएको छ ।

जापानको नेपाली समुदायका लागि रिसाइकल, ट्रान्सपोर्टेशनलाई मुख्य क्षेत्र बनाएर सुरु गरिएको व्यबसायमा विद्यार्थी परामर्श, विभिन्न भाषामा डकुमेण्ट ट्रान्सलेसन र जापानको सत्य तथ्य सूचना प्रवाहको लागि नेप्लिज ग्लोबल डट कम पनि संगै सुरुवात गरिएको ग्रुपका अध्यक्ष प्रकाश खड़काले जानकारी दिनुभएको छ ।

ग्रुपले जापानको नेपाली समुदायका सूचनाहरू प्रसारण गर्न प्रत्येक साताको सोमबार राती १० बजे लाईभ प्रसारण गर्ने गरी नेप्लिज ग्लोबल न्यूज अपडेट समेत सुरु गरिएको ग्रुपका प्रबन्ध निर्देशक तथा नेप्लिज ग्लोबल डट कमका प्रधानसम्पादक सन्तोष चोखालले जानकारी दिनुभएको छ । ग्रुपमा जोडिने गरी रेस्टुरेण्ट, हलाल फ़ूड, रेमित्यान्स लगायतबाट पनि सेवा दिने गरि प्रक्रिया अघि बढ़ीरहेको जनाइएको छ । ग्रुपले जापानवासी नेपाली समुदायको लागि सेवाप्रदायक व्यबसायलाई मुख्य आधार क्षेत्र बनाउने समेत जनाएको छ । पछिल्लो समय जापानमा नेपालीहरूको संख्या जति बढ़दै गएको छ उति नै व्यबसायिक संभावना र चुनौतीहरू पनि बढ़दै गएका छन ।

ग्रुपका अध्यक्ष प्रकाश खड़काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वैदेशिक लगानी उच्च स्तरिय समन्वय समितिका सदस्य तथा सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका प्रमुख महेशकुमार श्रेष्ठ, अतिथिहरुमा एनआरएन जापानका उपाध्यक्ष सरोजकुमार खत्री, प्रो. डा. होमबहादुर रिजाल लगायतका ब्यक्तिहरु रहनुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख़्ने क्रममा प्रमुख अतिथि श्रेष्ठले सफल व्यबसायका लागि विभिन्न व्यबसायिक टिप्सहरुलाई ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो । विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, पत्रकार र जापानवासी नेपालीहरूको उपस्थितिमा ग्रुपको समुदघाटन कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया