Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामाअन्तर्गत डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३-२ गोलअन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको छ।

पेनाल्टी सुटआउटमा क्रोएसियाका इभान राकिटिक, लुका मोड्रिक र क्रामारिकले गोल गर्न सफल भए। बाडेल र पिभारिकको प्रहारलाई डेनमार्कका गोलकिपरले विफल पारे।

डेनमार्कका क्रोहन डेली र काजेरको प्रहार सफल भयो। तर  एरिक्सन, जोगेर्सन र स्चोनको पेनाल्टी प्रहारलाई क्रोएसियाका गोलकिपर अनिजेल सुवासिकले बिफल पारेका थिए।

त्यसअघि निर्धारित र थप गरिएको ३० मिनेटमा दुवै पक्षबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

खेलको पहिलो मिनेटमा माथियास जोगेर्सनले गोल गरेर डेनमार्कलाई अग्रता दिलाए। तर तीन मिनेटपछि क्रोएसियाले बराबरी गोल फर्काउन सफल भयो। क्रोएसियाका लागि मारियो मान्जुकिकाले चौथो मिनेटमा गोल गरेका थिए।

भिडियो :

तपाईको प्रतिक्रिया