Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

 काठमाडौं – रुसमा जारी विश्वकप फुटबलमा आज (सोमबार) प्रि-क्वाटरफाइनलको दुई खेल हुँदैछ।

रुस विश्वकप अन्तर्गत आज नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापानले प्रतिस्पर्धा गर्दै छन् ।

आज हुने पहिलो खेलमा ब्राजिल र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ मा सुरु हुनेछ ।

समारा स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ‘ई’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । मेक्सिको समूह ‘एफ’ को उपविजेता बन्दै प्रि- क्वाटरफाइनलमा पुगेको हो ।

विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा युरोपियन राष्ट्र बेल्जियम र एसियन राष्ट्र जापानले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र जापानबीचको खेल नेपाली समय अनुसार राति ११: ४५ मा सुरु हुनेछ ।

रोस्तोभ एरिनामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ । बेल्जियम समूह ‘जी’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो भने जापानले समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।

जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस र क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेका छन् । यो विश्वकपमा अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्कले अन्तिम आठको यात्रा गर्न सकेनन् ।

तपाईको प्रतिक्रिया