Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडाैं – रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत नकआउट चरणको तेस्रो खेलमा आइतबार घरेलु टोली रसियाले एकपटकको च्याम्पियन स्पेनको सामना गर्दैछ । नेपाली समयअनुसार साँझ ७:४५ बजे मस्कोस्थित लुज्निकी स्टेडियममा हुने खेलमा बलियो स्पेनविरूद्ध ७० हजार घरेलु दर्शकसामू रूसले गतिलो चुनौती दिनेछ ।

समूह ‘बी’ को विजेताको रूपमा नकआउट चरण प्रवेश गरेको स्पेनले समूह चरणका तीनै खेलमा अपराजित रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो । पहिलो खेलमा बलियो टोली पोर्चुगलसँग बराबरी खेलेको उसले दोस्रो खेलमा इरानलाई १-० गोल अन्तरमा पन्छायो भने अन्तिम खेलमा मोरक्कोसँग २-२ गोलको बराबरी खेल्दै रसियासँगको भेट पक्का गरेको हो ।

उता समूह ‘ए’ को उपविजेता रसियाले समूह चरणको अन्तिम खेलमा उरूग्वेसँग ३-० को हार व्यहोर्नुबाहेक अन्यमा जित निकालेको थियो । समूह चरणको दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको रसिया स्पेनको चुनौती पन्छाउदै नकआउट चरण पुग्ने योजनामा हुनेछ । यस्तोमा घरेलु टोलीलाई घरेलु समर्थक र मैदानको साथ हुने गर्दछ । स्पेनसँग अग्रपङ्ति र मिडफिल्ड चुस्त रहे पनि गोलरक्षक र डिफेनसमा भने कमजोरी देखिएको छ । यसमा सुधार गर्न सके स्पेनले क्वार्टरफाइनल यात्रा तय गर्नेछ ।

सर्जियो रामोस र जेरार्ड पिके टिममा रहे पनि उनीहरूले उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन् । मार्को एसेन्सियोले डेभिड  सिल्भालाई प्रतिस्थापन गर्दै आक्रमणको जिम्मेवारी लिनेछन् । सर्जियो बुस्केटको बिषयमा स्पेनले जोखिमपूर्ण निर्णय लिनुपर्नेछ । रुसका स्मोलनिकोभले उरुग्वेविरुद्ध पाएको रातो कार्डका कारण आजको खेल गुमाउनेछन् । मारियो फर्नान्डेस राईट ब्याकमा देखिनेछन् । सोभियत संघको विभाजनसँगै रुसले अहिलेसम्म स्पेनलाई पराजित गर्न सकेको छैन ।

१९३० देखि ९० सम्म सोभियत संघको नामबाट खेलेको रसियाले त्यसपछिका तीन विश्वकपमा समूह चरण पार गर्न नसके पनि यसपटक भने समूह चरण पार गर्न सफल भएको हो । समूह चरण पार गरेर हौसिएको रसिया स्पेनलाई पनि स्तब्ध पार्दै क्वार्टरफाइनल पुग्ने योजनामा हुनेछ । यता स्पेनले २०१० को विश्वकप जितेपछि विश्वकपमा पहिलो पटक नकआउट खेल्दैछ । विश्वविजेता स्पेन २०१४ को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो ।

स्पेन र रसिया अहिलेसम्म ६ पटक आमनेसमाने भएका छन् । जसमध्ये स्पेनले चार खेलमा जित हात पार्दै दुई खेल बराबरीमा सकिएको थियो । पछिल्लो पटक यि दुई टिमले २०१७ को मैत्रीपूर्ण खेलमा ३-३ गोलको बराबरी खेलेको थियो । -एजेन्सी 

तपाईको प्रतिक्रिया