Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणका खेल आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन्। अन्तिम १६ मा पुग्ने टिमको आगामी यात्राबारे विश्लेषण भइरहेको छ भने प्रतियोगितामा सर्वाधिक गोल कुन खेलाडी गर्छन् भन्ने पनि चासो छ।

समूह चरणको समाप्तिसँगै अहिलेसम्म पाँच खेलाडी गोल्डेन बुटको दौडमा अघि छन्। इंग्ल्यान्डका कप्तान ह्यारी केन ५ गोल गर्दै अग्रस्थानमा छन्। यस्तै पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र बेल्जियमका फरवार्ड रोमलु लुकाकु ४–४ गोल गरेर दोस्रो स्थानमा छन्। स्पेनका फरवार्ड डिएगो कोस्टा र आयोजक रसियाका डेनिस चेरिसेभले ३–३ गोल गरिसकेका छन्।

ह्यारी केन (इंग्ल्यान्ड) 

गोल – ५
खेल –२

आगामी खेल 
राउन्ड अफ १६– कोलम्बिया
क्वार्टरफाइनलको सम्भावित खेल – स्विडेन वा स्विट्जरल्यान्ड

राष्ट्रिय टिम तथ्य
खेल – २६
गोल – १८

इंग्ल्यान्डका लागि विश्वकपका सर्वाधिक गोल गर्ने खेलाडी ग्यारी लिनेकर हुन्। उनले विश्वकपमा १० गोल गरेका थिए। केनका लागि इंल्यान्डका लागि विश्वकपमा बढी गोलको रेकर्ड बनाउने अवसर छ। केनका लागि विश्वकपमा दुई ह्याट्रिक गर्ने पनि अवसर छ। उनले पानामा विरुद्ध ह्याट्रिक गरेका थिए।

केन कप्तानको रुपमा विश्वकपमा बढी गोल गर्ने रेकर्ड नजिक छन्। विश्वकपमा कप्तानको रुपमा बढी गोल गर्ने खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोना हुन्। उनले कप्तानको रुपमा ६ गोल गरेका थिए।

रोमेलु लुकाकु (बेल्जियम )

गोल – ४
खेल –२

आगामी खेल 
राउन्ड अफ १६– जापान
क्वार्टरफाइनलको सम्भावित खेल – ब्राजिल वा मेक्सिको

राष्ट्रिय टिम तथ्य
खेल – ७१
गोल – ४०

लुकाकु बेल्जियकका लागि विश्वकपमा बढी गोल गर्ने रेकर्ड बराबरी गर्नबाट एक गोल टाढा छन्। विश्वकपमा बेल्जियमका लागि बढी गोल गर्ने खेलाडी मार्क विल्मोट्स हुन्।

क्रिस्टयानो रोनाल्डो (पोर्चुगल) 

गोल – ४
खेल – ३

आगामी खेल 
राउन्ड अफ १६– उरुग्वे
क्वार्टरफाइनलको सम्भावित खेल – फ्रान्स वा अर्जेन्टिना

राष्ट्रिय टिम तथ्य
खेल – १५३
गोल – ८५

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विश्वकपमा देशका लागि सर्वाधिक गोल गर्ने रेकर्ड बराबरी गर्नबाट २ गोल टाढा छन्। पोर्चुगलका लागि विश्वकपमा बढी गोल गर्ने खेलाडी इउसेबियो हुन्। उनले ९ गोल गरेका थिए। जारी विश्वकपका ४ गोल गरिसकेका रोनाल्डोले चार विश्वकपमा गरी ७ गोल गरेका छन्।

रोनाल्डो कप्तानको रुपमा विश्वकपमा बढी गोल गर्ने रेकर्ड नजिक छन्। विश्वकपमा कप्तानको रुपमा बढी गोल गर्ने खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोना हुन्। उनले कप्तानको रुपमा ६ गोल गरेका थिए। अब रोनाल्डोले उरुग्वे विरुद्ध एक गोल गरे इंग्ल्यान्डका केन अघि रेकर्ड बनाउनेछन्।

डिएगो कोस्टा (स्पेन)

गोल – ३
खेल – ३

आगामी खेल 
राउन्ड अफ १६– रसिया
क्वार्टरफाइनलको सम्भावित खेल – क्रोएसिया वा डेनमार्क

राष्ट्रिय टिम तथ्य
खेल – २३
गोल – १०

स्पेनका लागि विश्वकपमा बढी गोल गर्ने रेकर्डबाट कोस्टा २ गोल टाढा छन्। सन् १९८६ मा इमिलियो कुट्रागुइनो र सन् २०१० डेभिड भिल्लाले ५–५ गोल गरेका थिए।

गोल्डेन बुटको दौडमा रहेका अन्य खेलाडी 
डेनिस चेरिसेभ (रसिया) – ३ गोल
फिलिप काउटिन्हो (ब्राजिल) – २ गोल
अर्टेम डिज्जुवा (रसिया) – २ गोल
इडिन हजार्ड (बेल्जियम) – २ गोल
लुइस सुआरेज (उरुग्वे) – २ गोल
लिओनल मेसी (अर्जेन्टिना) – १ गोल
नेइमार (ब्राजिल) – १ गोल

तपाईको प्रतिक्रिया