Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – रुस विश्वकप फुटबलमा अन्तिम १६ को समिकरण पुरा भएको छ । समूह चरण अन्तर्गत बुधबार राति समूह एचको समाप्तिसंगै विश्वकपको नकआउट चरण पुग्ने १६ टोलीको तय भएको हो ।

यो पटकको विश्वकपमा समूह चरण पार गर्ने टोलीका युरोपियन राष्ट्र बढी रह्यो । एसियाबाट एक टोलीले नकआउट चरणमा स्थान बनाउदा अफ्रीकाबाट कुनैपनि टोली सफल भएनन् ।

अब विश्वकपको नकआउट चरणको खेलहरु शनिबारबाट सुरु हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समुह सीको विजेता फ्रान्स र समुह डीको उपविजेता अर्जेन्टिना भिड्ने छन् । उक्त खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

सोही दिन राति पौने १२ बजे हुने दोस्रो खेलमा समुह एको विजेता उरुग्वे र समुह बीको उपविजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै आगामी आईतबार समुह ईको विजेता ब्राजिल र मेक्सिको साँझ पौने ८ बजे प्रतिस्पर्धा गर्दा राति पौने १२ बजे समुह जीको विजेता बेल्जियम र समुह एचको उपविजेता जापान भिड्ने छन् ।

त्यस्तै, आगामी सोमबार समुह बीको विजेता स्पेन र समुह एको उपविजेता रुसबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ पौने ८ बजे सुरु हुनेछ । सोही दिन राति पौने १२ बजे हुने खेलमा समुह डीको विजेता क्रोएसिया र समुह सीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

आगमी मंगलबार हुने खेलमा समुह एफको विजेता स्विडेन र समुह ईको उपविजेता स्विट्जरल्याण्ड साँझ पौने ८ बजे भिड्ने छन् । सोही दिन राति पौने १२ बजे समुह एचको विजेता कोलम्बिया र समुह जीको उपविजेता इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुने तय भएको छ ।

नकआउट चरणको तालिका :

तपाईको प्रतिक्रिया