Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – एसियाली राष्ट्र जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा पोल्याण्डसंग १–० ले पराजित भएपनि जापान समुह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

५९ औ मिनेटमा बेडनारेकले गरेको गोल पोलिस टोलीलाई जिताउन पर्याप्त बन्यो । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो ।
जापान ४ अंक सहित अन्तिम १६ मा प्रवेश गर्दा कोलम्बिया ६ अंक सहित समुह विजेता बन्यो ।

समान ४ अंक भएपनि सेनेगल प्रतियोगिताबाट बाहिरियो । जापान भन्दा बढी कार्ड ब्यहोरेको सेनेगलले अघिल्लो चरण प्रवेश गर्न सकेन । पोल्याण्डले अन्तिम खेलमा ३ अंक जोड्दै प्रतियोगिताबाट सुखद विदाई लियो ।

तपाईको प्रतिक्रिया